ट्रेण्डिङ

होमपेज / राजनीति

रवीन्द्र मिश्रले भने:माओवादी केन्द्र केही वर्षभित्र पेण्डुलम बनेर विलय हुन्छ

नेपालगाथा २०७९ कार्तिक २५ गते शुक्रबार १६:२३:३४ मा प्रकाशित

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र)लाई पेन्डुलम पार्टी भएकाे बताएका छन् । 

अबको केही वर्षमा नेपालमा जम्मा ३ वटा पार्टी मात्रै बाँकी रहने दाबी गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले मूल रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली कांग्रेस पार्टी मात्रै हुने बताए ।"माओवादी पेन्डुलम जस्तो यता र उति गर्छ, कि त्यो विलय हुन्छ, कि त्यो साँघुरिएर बस्छ," उनले भने । 

उनले ३ पार्टीमध्ये दुई पार्टी एमाले र काँग्रेस एउटै कित्तामा दुई नामका पार्टी मात्रै भएको बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top