ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डले भने:गिरिजाबाबु र मैले हस्ताक्षर गरेको दिनमै जय नेपाल र लालसलाम एकैठाउँमा आएको हो

नेपालगाथा २०७९ कार्तिक २४ गते बिहीबार १५:५३:३९ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा ठूला राजनीतिक परिवर्तन जय नेपाल र लालसलाम मिलेर नै भएको दोहोर्‍याएका छन् ।

 दाहालले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको दिनमा जय नेपाल र लालसलाम एकैठाउँमा आएको बताउँदै अबको निर्वाचनमा पनि मिलेर अघि बढ्न कार्यकर्तालाई सुझाव दिएका छन् ।

गोरखा जिल्ला अजिरकोट गाउँपालिका-३, भच्चेकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कुनै संकोच नमानी गठबन्धनको पक्षमा लाग्न आग्रह गरे । उनले शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेदेखि नै कांग्रेस र माओवादीको सहकार्य भएको बताए ।

“तपाईँहरुलाई लाग्छ होला जय नेपाल र लालसलाम कहिलेदेखि एकठाउँमा आयो होला ?,” उनले भने, “यो देशमा युद्ध चर्किँदै जान्थ्यो । सामन्ती सत्ताले दमन गरिरहेको थियो । त्यो परिस्थितिमा असफल राष्ट्रबाट बचाउनुपर्छ र जनतालाई बचाएर देशलाई संघीय गणतान्त्रिक अवस्थामा लैजानुपर्छ भन्ने लागेको थियो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

Top