ट्रेण्डिङ

होमपेज / राजनीति

छाप्रेमा अमृत र तारालाई स्वागत

नेपालगाथा २०७९ कार्तिक २३ गते बुधबार २२:३७:२४ मा प्रकाशित

सुर्खेत । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका प्रतिनिधिसभाका उम्मेदवार अमृतबहादुर बिसी र प्रदेशसभा २ (ख) का उम्मेदवार ताराकेशर गौतम प्रचार प्रसारको सिलसिलामा पश्चिम सुर्खेतको विकट बस्ति छाप्रे पुगेका छन् । 

विकास प्रेमी नेताको छवि बनाएका शालिन र वौद्धिक नेताद्वयलाई छाप्रेका स्थानीयबासीले स्वागत गरेका थिए । छाप्रेको बिकटताका बारेमा गुनासो राखेका छाप्रेका बासिन्दालाई नेताद्वयले विकास र परिवर्तनका लागि आफूहरुसँग स्पष्ट दृष्ट्रिकोण भएकाले आफूहरुलाई जिताउन आह्वान गरेको पञ्चपुरी नगर कमिटीका सचिव धर्म ढुंगानाले जानकारी दिए । 

यस अघि नेकपा एमाले पञ्चपुरी नगर कमिटीको आयोजनामा सञ्चालन भएको संयुक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरी पञ्चपुरी ४ का केशवबहादुर शाही र पञ्चपुरी २ का तरुणदलका वडा सभापति कमल नेपाली नेपाली काङ्ग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top