होमपेज / राजनीति
काठमाडौं । निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेकी डा. तोसिमा कार्कीलाई घण्टी बजाएर चुनाव प्रचारप्रसार नगर्न आग्रह गरेको छ ।
घण्टी बजाएर हिँड्दा अरुलाई बाधाव्यवधान भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।जिल्ला निर्वाचन कार्यालय ललितपुरका अनुगमन अधिकृत मनकुमार श्रेष्ठले भने, “घण्टी बजाएर प्रचारप्रसार गर्नु आचारसंहिताविपरीत हो । चुनाव चिह्न जे हो, त्यही वस्तु त प्रचारप्रसार गर्न पाइएन नि । घण्टी बजाउँदा ध्वनि प्रदूषण हुन्छ भनेर त्यसो नगर्नु भनेका हौँ ।”
प्रचारप्रसार र घरदैलोका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले आफ्नो दलको चिह्न घण्टी लिएर हिँड्ने र बजाउने गरेका थिए ।