होमपेज / राजनीति
सुर्खेत । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका उम्मेदवार अमृतबहादुर बिसी जनताको मन र मत जित्दै छन् । मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गरेर पश्चिम सुर्खेतको गाउँगाउँ पसेका अमृत जनतालाई झुठो आवश्वासन होइन वास्तविक योजना भन्दै मन र मत जितिरहेका छन् ।
जनताको सेवा र विकासका योजना सहितको दृष्ट्रिकोण भएका बिसी आगामी मंसिर ४ को निर्वाचनमा जित निकालेर पश्चिम सुर्खेत विकास र समृद्धिमा आफ्नो वास्तविक छवि देखाउने योजनामा छन् ।
के युवा, के वृद्ध सबै यतिवेला अमृत बिसीका वास्तविक कुरा र विकासे मोडेलका योजना सुनेर एकजुट बनेका छन् । मतदाताहरुले अमृत बिसी जस्तो इमान्दार र कर्मठयोगी नेता पाउनुलाई एउटा अवसरका रुपमा लिएका छन् ।
पटक पटक देखिएका अनुहार भन्दा नयाँ अनुहार नै उत्तम रहेको पश्चिम सुर्खेतका मतदाताको ठहर रहेको छ । उनीहरुले पुराना नेताले आश्वासन मात्र बाँडेकाले नयाँ नेताले केही विकास गर्छ कि भन्ने आशा जागेको बताएका छन् । मतदाता भन्छन्, ‘धेरै नेताहरुका चुनावी चिप्ला कुरा र योजना सुनियो तर ती योजना र कुरा केवल चुनावी नारा मात्र भए तर हाम्रा दिन कहिल्यै परिवर्तन हुन सकेनन् । अब चाँही यस क्षेत्रले नयाँ उम्मेदवारको रुपमा अमृत बिसीलाई पाएको छ । केही विकास हुन्छ कि भन्ने आशा छ ।’

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका बिसी वौद्धिक, सालिन र स्वच्छ छवि भएको नेताका रुपमा परिचित छन् । वौद्धिक र शालिन नेता पाउँदा चुनाव जितिसकेपछि नाम जस्तै काम हुनेमा धेरै मतादाताले अपेक्षा गरेका छन् ।
२०३५ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरु गरेका अमृतले २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिया सहभागिता जनाएका थिए । शिक्षण पेशामा संलग्न हुँदै शिक्षक संगठनमा बसेर करिब १५ वर्ष काम गरेको अनुभव संगालेका बिसीसँग विभिन्न सामाजिक संघसंस्थामा बसेर काम गरेको पनि अनुभव छ ।
२०४६ सालको जनआन्दोलन र २०६२⁄६३ को जनआन्दोलनमा सक्रिय सहभागी भएका बिसीसँग २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन गाउँ विकास समितिको अध्यक्षमा विजयी बनेर विकासका योजनालाई नजिकबाट अगाडि बढाएको अनुभव छ ।
विसं. २०५६ सालदेखि नेकपा एमाले सुर्खेतको जिल्ला कमिटी सदस्य बनेका बिसी जिल्ला कमिटीको उपाध्यक्ष हुँदै हाल अध्यक्ष बनेर जिल्लाको पाटी हाँक्ने जिम्मेवारी काँधमा रहेको छ ।
सबैसँग मिलनसार र सहयोगी भावना अनि मिठास बोली भएका बिसी यतिवेला सुर्खेत निर्वाचन क्षेत्र नं. २ का जनतामाझ लोकप्रिय बनिरहेका छन् ।