होमपेज / राजनीति
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेकपा एमालेलाई सहयोग गरेको भन्दै ऊर्जामन्त्री हरिशरण आचार्यलाई गरेका छन।
गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन लागेका हुन् ।मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाका अनुसार आचार्यलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाइएको छ ।
‘उहाँले गोरखामा एमालेलाई सहयोग गरेको जानकारी आएको छ, त्यसैले हटाउन लागिएको हो,’ स्रोतले भन्यो ।