होमपेज / राजनीति
काठमाडौं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियान चलाउने अभियन्तालाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
नो नट अगेन’ अभियानविरुद्ध जारी गरेको विज्ञप्तिको तत्काल कार्यन्वयन नगर्नु भन्दै आदेश जारी भएको हो ।निर्वाचन आयोगले ’नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
निर्वाचन आयोगको कदम असंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ‘नो, नट अगेन’ अभियान चलाउने अभियान्ताहरूलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्देशनविरुद्ध सर्वोच्च अदालतमा गत कात्तिक १४ मा रिट दायर गरेका थिए ।