होमपेज / राजनीति
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल (आुहती) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरेर चुनाव बहिस्कार गर्ने बताएका छन्।
आइतबार काठमाडौं पत्रकार सम्मेलन गरी नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन् ।
चुनाव बहिस्कार गरेका उनीहरुले विभिन्न कार्यक्रम समेत गर्ने बताएका छन्। कात्तिक २४ गते काठमाडौंमा, २६ गते बुटवल र इटहरीमा, २८ गते बर्दिबास र पोखरामा ३० गते सुर्खेत र धनगढीमा राजनीतिक सभा गर्ने बताएका छन्।