ट्रेण्डिङ

होमपेज / राजनीति

स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि डडेलधुरामा देउवालाई स्वागत गर्न पर्खिँदै

नेपालगाथा २०७९ कार्तिक १७ गते बिहीबार १५:१२:४७ मा प्रकाशित

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि जिल्लामा चुनावी अभियान थालेका छन् ।

 देउवा चुनाव प्रचारका लागि गृहजिल्ला डडेलधुरा पुगेका छन् । देउवाको स्वागतका लागि कांग्रेसका कार्यकर्ता सँगै स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि लाइन लागेका छन् ।

ढकालले पत्रकारसँग कुरा गर्दै विदेशमा पनि यस्तो संस्कार रहेको बताउँदै उनले सम्बोधन गर्ने कार्यक्रममा पनि आफूले बोल्न समय माग्ने बताए । उनी माला लिएर देउवाको स्वागतका लागि लाइनमा उभिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top