ट्रेण्डिङ

होमपेज / राजनीति

स्वतन्त्र पार्टीको संकल्पः गरिबलाई रासन कार्डदेखि रातो र चन्द्र-सूर्यको ब्राण्डिङ्गसम्म

नेपालगाथा २०७९ कार्तिक १७ गते बिहीबार १४:१९:२४ मा प्रकाशित

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरिएको छ । घोषणापत्रलाई सो पार्टीले ‘वाचापत्र’ भनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गरिबलाई रासन कार्ड उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । बिहीबार सार्वजनिक चुनावी घोषणापत्रमा गरिबीको रेखामुनि रहेका नागरिक तथा परिवारलाई आधारभूत खाद्यान्न पुर्‍याउन रासन कार्डको व्यवस्था गरिने उल्लेख छ ।

‘वाचा पत्र’ नाम दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले विगत ५ वर्षको समीक्षा गर्दै आगामी ५ वर्ष आफ्नो पार्टीले गर्ने कामको फेहरिस्त प्रस्तुत गरेको छ । लोकतन्त्रको बलियो आधार निर्माणका लागि अनुपस्थित मतदान पद्धति, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्थासहित निर्वाचन प्रक्रियामा सुधार खोजेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top