ट्रेण्डिङ

होमपेज / राजनीति

तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतकाे अन्तरिम आदेश जारी

नेपालगाथा २०७९ कार्तिक १५ गते मंगलबार १७:५१:०६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

मंगलबार पेसीमा चढेको उक्त रिटमा न्यायाधीश चुडालको इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top