ट्रेण्डिङ

होमपेज / राजनीति

चुनावी घोषणापत्रमार्फत् ओलीले भने :संसद विघटन बाध्यात्मक थियाे

नेपालगाथा २०७९ कार्तिक १५ गते मंगलबार १६:४४:५८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन बाध्यात्मक भएको स्पष्टीकरण दिएका छन् ।

मंगलबार सार्वजनिक गरेको घोषणापत्रमार्फत दुई पटक गरेको संसद विघटनको बचाउ गर्दै उनले आफ्नो बाध्यता भएको बताएका हुन् ।

संसद विघटनबारे घोषणापत्रमा लेखिएको छ, ‘जनादेशविपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई सडकबाटै कारबाही गर्ने अराजक र अलोकतान्त्रिक कार्य गरिए । पुरानो जनादेशको बनावट भत्काइएको यसै पृष्ठभूमिमा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको घोषणा गर्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भयो  ।’

सत्तारुढ गठबन्धनले ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई प्रतिगमन भनिरहेका बेला ओलीले भने सत्तारुढ गठबन्धन बनेर नयाँ सरकार बन्नुलाई प्रतिगमन भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top