ट्रेण्डिङ

होमपेज / राजनीति

भारतले चुनावका लागि दियो २ सय गाडी उपहार

नेपालगाथा २०७९ कार्तिक १५ गते मंगलबार १४:१६:०६ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट दुई सयवटा सवारीसाधन हस्तान्तरण गरे । 

भारतले दिएको २०० सवारी साधनमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । अर्थमन्त्री शर्माले यी सवारीसाधन सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिए ।

राजदूत नवीन श्रीवास्तवले भारतको सहयोगले नेपालको चुनावी कार्यक्रममा सहयोग पुग्ने विश्वास जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top