होमपेज / राजनीति
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको छ ।
मंगलबार सो पार्टीले काठमाडौंको कमलादीमा पत्रकार सम्मेलन गरी चुनाव विथोल्ने निर्णय भएको सार्वजनिक गरेको छ । अहिले पत्रकार सम्मेलन चलिरहेको छ ।
वैठकले विप्लवका दाजु वीरजंगको मृत्युबारे अध्ययन गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।विप्लव समूहले हालै पार्टीको महाधिवेशनसमेत सम्पन्न गरेको थियो ।