होमपेज / राजनीति
सुर्खेत। नेकपा एमालेका स्थायी कमिटी सदस्य, कर्णाली प्रदेश इन्चार्ज तथा प्रदेश सभा सदस्यका उम्मेदवार यामलाल कंडेलले वीरेन्द्रनगर १४ गढीलाई घुम्न र हेर्न लायक ठाउँ बनाउने बताएका छन् । सोमबार मतदातासँगको भेटघाटमा उनले पर्यटकिय स्थलको रुपमा विकास गर्दै उत्कृष्ट ठाउँको रुपमा विकास गर्ने बताएका हुन् ।
उनले भने, ‘अहिले पनि यो ठाउँमा बिदाको समयमा धेरै घुम्न र हेर्न आउने ठाउँ हो । गढीलाई सधै भरी घुम्न र हेर्न लायक ठाउँ बनाउन सकिन्छ । गढीको समग्र विकासका लागि हामी सबै प्रतिवद्ध छौँ ।’
उनले देशको विकास गर्ने पार्टी भएकोले जनआकर्षणको पार्टी भएको बताए । उनले भने, ‘एमाले पार्टी चुनाव जित्ने मात्र होइन, देशको विकास गर्ने पार्टी पनि हो । त्यसैले एमाले जनआकर्षणको पार्टी बनेको छ ।’
उनले विचार र शिद्धान्त नमिलेका र हिजोका दिनमा एकअर्कोलाई सिध्याउन लागेका पार्टीहरु गाउँठाउँ र देशको विकासका लागि भन्दा पनि एमालेलेलाई एक्लै हराउन नसकेर एक ठाउँमा उभिएको बताए । उनले भने, ‘काँग्रेस र माओवादी अहिले एक्लै चुनाव लड्न नसक्ने अवस्था नरहेर एकअर्कोलाई बोकेर हिडेका छन्।
एमालेलेलाई एक्लाएक्लै हराउन नसक्ने भएकाले सिद्धान्त र विचार नमिलेका पार्टीहरु एक ठाउँमा उभिएका छन् ।’