ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री देउवाले भने:कुनै पनि हालतमा हाम्रो गठबन्धनले जित्न आवश्यक छ

नेपालगाथा २०७९ कार्तिक ५ गते शनिबार १५:२०:३३ मा प्रकाशित

विराटनगर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ मा सत्तारुढ गठबन्धनलाई जिताएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिनुपर्ने बताएका छन् ।

 शनिबार विराटनगरमा आयोजित सत्ता गठबन्धनको कार्यक्रममा देउवाले संविधानको रक्षाका लागि गठबन्धनको जित आवश्यक रहेको बताए ।

"गठबन्धनले जित्नु भनेको संविधानको रक्षा हुनु हो । हाम्रो उद्देश्य एउटै छ । कुनै शंका उपशंका छैन । कुनै पनि हालतमा हाम्रो गठबन्धनले जित्न आवश्यक छ," देउवाले भने ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनाव क्षेत्र प्रदेश १ को झापा जिल्लामा पर्छ ।

‘एक नम्बर प्रदेशमा गठबन्धनलाई जिताएर ओलीजीलाई जवाफ दिनुपर्छ’ देउवाले भने, ‘ओलीजीले पनि गठबन्धन गर्नुभएको छ, उहाँको राप्रपासँग गठबन्धन भएको छ । उहाँले गठबन्धन गर्न हुने हामीले किन नहुने ?’

प्रतिक्रिया

सम्बन्धित खवर

Top