ट्रेण्डिङ

होमपेज / राजनीति

पाँच दलीय सत्ता गठबन्धनकाे सातै प्रदेशमा गर्ने चुनाव लक्षित भेला आजबाट सुरु हुने(कार्यतालिकासहित)

नेपालगाथा २०७९ कार्तिक ४ गते शुक्रबार ०७:३२:४४ मा प्रकाशित

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा गर्ने चुनाव लक्षित भेला आजबाट सुरु हुने भएको छ । 

गत बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने निर्णय गरेको थियो।सो निर्णयअनुसार आजदेखि ७ गतेसम्म विभिन्न सहरमा भेलाहरू हुने भएका छन्।

आज पोखरा र बुटवलमा गण्डकी र लुम्बिनी प्रदेशका भेला हुने छन् भने ५ गते विराटनगर र जनकपुरमा प्रदेश १ र मधेस प्रदेशका भेला हुनेछन्।

यी भेलाहरूमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनेछन्।

भेलाका लागि गठबन्धनको कार्यतालिका :
१. कात्तिक ४ गते – पोखरा, ११ बजे 
२. कात्तिक ४ गते – बुटवल, २ बजे
३. कात्तिक ५ गते – विराटनगर, ११ बजे
४. कात्तिक ५ गते – जनकपुर, २ बजे
५. कात्तिक ६ गते – धनगढी व्यवस्थापन, ११ बजे 
६. कात्तिक ६ गते – सुर्खेत, २ बजे
७. कात्तिक ७ गते – काठमाडौं, ११ बजे

प्रतिक्रिया

सम्बन्धित खवर

Top