ट्रेण्डिङ

होमपेज / राजनीति

हामी कुरा कम गर्छौं,काममा विश्वास गर्छौं,’ ‘विपक्ष दल फिटिक्कै काम गर्दैन:प्रकाशशरण महत

नेपालगाथा २०७९ आश्विन ३१ गते सोमबार १७:१३:३५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विपक्षी दल नेकपा एमाले काम नगर्ने तर कुरा गर्ने पार्टी भएको आरोप लगाएका छन् ।

 कांग्रेसले पाँच दलीय गठबन्धनको सरकारले हरेक नेपालीको आवाजलाई सम्बोधन गरेको दाबी गरेको छ।पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रवक्ता महतले गठबन्धनले देशलाई सही ट्याकमा ल्याएको दाबी गरेका हुन्।

‘हामी कुरा कम गर्छौं । काममा विश्वास गर्छौं,’ महतले एमालेतिर संकेत गर्दै भने, ‘विपक्ष दल फिटिक्कै काम गर्दैन । कुरा बढी गर्छ ।’

उनले भने, ‘कुन परिस्थितिमा गठबन्धनको सरकार बनेको सबैलाई थाहा छ। गत साल असार निर्माण भएको गठबन्धन सरकारले छोटो समयमा देशलाई अडरमा ल्याएको छ। कोरोना नियन्त्रण, विदेश नीतिमा सन्तुलन, जनताको विषयलाई प्राथमिकता राखेको छ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गरेर संवैधानिक अंगमाथि भएको प्रहार गरेपछि गठबन्धन बनेको बताए।

२०४६ पछि छोटो अवधिमा आर्थिक पूर्वाधारमा फड्को मार्ने काम कांग्रेस नेतृत्वकै सरकारले गरेको दाबी उनले गरे । निर्वाचन कांग्रेस नेतृत्वकै सरकारमा आर्थिक अवस्थालाई सबल बनाउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top