होमपेज / राजनीति
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदार, प्रभु साहसहित नौजनाविरुद्ध परेको रिट खारेज गरेको छ।
आइतबार न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले रिट खारेज गरिदिएको हो ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन उम्मेदवारी दर्ता गराएकाले खारेज हुनुपर्ने जिकिर गर्दै अधिवक्ता अनिल आचार्यले भ्रष्टाचार, ज्यान मुद्दामा दोषी ठहर भएका र अन्य विवादित व्यक्तिहरूलाइ रिट दायर गरेका थिए।
उनले गच्छदार, पाण्डे, प्रभु शाह, गोविन्दराज जोशी, सरिता गिरी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो र गगन भन्ने रेवतीराज पुरीको उम्मेदवारी खारेज गराउन माग गरेका थिए।
रेशम र लक्ष्मणको हकमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले यसअघि नै उम्मेदवारी खारेज गरिसकेका थिए।
पूर्वउपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता विजयकुमार गच्छदारले सुनसरी-३ मा उम्मेदवारी दिएका छन । चितवन- २ मा राप्रपा उम्मेदवार विक्रम पाण्डे, सिराहा- १ मा स्वतन्त्र उम्मेदवार सरिता गिरी, रौतहट -३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह, मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङले उम्मेदवारी दिएका छन। गोविन्दराज जोशीले तनहुँ -१ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन। एमाले उम्मेदवार लक्ष्मी महतोले महोत्तरी -१ बाट उम्मेदवारी दिएकि छन।