होमपेज / राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिरको निर्वाचनपछि पनि गठबन्धनकै भविष्य रहेको बताएका छन् ।
काठमाडौंमा काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै उनले प्रतिगमनविरुद्ध गठबन्धन एक भएर लागेपछि मुलुक सही ढंगले अगाडि बढेको बताएका हुन् ।
‘भोलि पनि भविष्य गठबन्धन दलकै छ । गठबन्धन भइसकेपछि हल गर्न नसकिने केही पनि छैन’, अध्यक्ष नेपालले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्दै केही कानुनी अवरोध आएपनि ती समस्या समाधान गरेर अघि बढ्न सकिने बताए ।
उनले देउवा र प्रचण्डलाई देखाउँदै भने, ‘विकास निर्माणमा कानुनी समस्या आउनसक्छ । तर, त्यसलाई हल गर्न वर्तममान प्रधानमन्त्री त यहि हुनुन्छ। भविष्यका प्रधानमन्त्रीहरु पनि यहीँ हुनुहुन्छ।’