होमपेज / राजनीति
काठमाडौं । नेकपा एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले चुनाव चिह्न त्रिभुज पाएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार आज उमेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम अनुसार भुसाललाई त्रिभुज प्रदान गरिएको हो ।भूसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गरेका छन् ।