ट्रेण्डिङ

होमपेज / राजनीति

जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई हटाउने प्रधानमन्त्रीकाे तयारी

नेपालगाथा २०७९ आश्विन २५ गते मंगलबार १२:५५:२१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् ।

उनीहरूलाई आजै हटाउनेबारे प्रधानमन्त्री देउवाले परामर्श गरिरहेकाे उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव मन्त्रिपरिषद्‌मा छन् ।

सत्ता गठबन्धनमा रहेको जसपाले आसन्न चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top