होमपेज / राजनीति
काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो गृहजिल्ला चितवन छाडेर गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेका छन् ।
चितवनको तीनवटा क्षेत्रमध्ये १ र २ मा नेपाली कांग्रेस र क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको विवरण आएका छन्।यसअघिको प्रतिनिधिसभाको निर्वाचनमा प्रचण्डले चितवनको क्षेत्र नं ३ बाट ४८ हजार २७६ मत प्राप्त गरेर विजयी भएका थिए।
चितवनलाई आजीवन निर्वाचन क्षेत्र बनाउने बताउँदै आएका दाहालको यो निर्णयले चितवनका माओवादी कार्यकर्ताले कालो दिनको संज्ञा दिएका छन् ।
तर प्रचण्डलाई चितवनबाटै चुनाव लड्नको लागि चितवनका नेपाली कांग्रेसका वडा अध्यक्षहरूले उनलाई भेटेरै आग्रह गरेका थिए। प्रचण्डले चितवन छाड्दै गर्दा कतिपयलाई चाहिँ विकास निर्माणको जुन बजेट प्रचण्डले त्यहाँ ल्याउने गरेका थिए वा भविष्यमा ल्याउने थिए, त्यो भने अब नहुने र चितवनको विकास पछाडि पर्ने हो की भन्ने चिन्ता पनि रहेको छ। प्रचण्डले पहिले चितवनबाट चुनाव लड्छु भनेर हुङ्कार गर्ने अनि पछि चितवनबाट ुभाग्नेु कमजोर काम भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले बताए।
गत प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी पूर्वमाओवादी नेता बाबुराम भट्टराईले उम्मेदवार नहुने निर्णय गरेपछि दाहाल त्यहाँ पुगेका हुन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' एकाएक चितवन- ३ छाडेर गोरखा- २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएसँगै चर्चामा छन्, २८ वर्षीय अब्दुस मियाँ । विवेकशील साझा पार्टी परित्याग गरी गत महिना पार्टी प्रवेश गरेका उनलाई एमालेले प्रचण्डसँग प्रतिस्पर्धामा उतारेको छ ।