होमपेज / राजनीति
काठमाडौं । टीकापुर हत्याकाण्डको प्रमुख अभियुक्तको आरोप लागेका रेशम चौधरी जेलभित्रबाटै चुनाव लड्ने भएका छन् ।
चौधरीले वारेसमार्फत आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बर्दिया निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारी दर्ता गराएका हुन् ।मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको उम्मेदवारी दर्ता उनका वारेस प्रतिनिधि झग्गुप्रसाद चौधरीमार्फत भएको हो।
थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते भएको ‘टीकापुर घटना’मा आठ सुरक्षाकर्मीसहित एक नाबालकको हत्या भएको थियो ।उक्त हत्याको अभियोग प्रमाणित भएपछि चौधरी डिल्लीबजारस्थित कारागारमा छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३(झ)मा उम्मेदवारको अयोग्यतासम्बन्धी व्यवस्था छ । जसमा, ‘कैदमा बसेकोमा कैद बसेको अवधिभर’ उम्मेद्वार हुन नपाइने भनिएको छ ।