होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टी परित्याग गर्ने घोषणा गरेका छन् ।
बागलुङ १ (ख) मा उम्मेदवारको आकांक्षी पौडेलले टिकट नपाएपछि पार्टीबाट राजीनामा दिएका छन् । जिल्लाबाट पौडेलसहित १० जनाको नाम सिफारिस भएको थियो । तर सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा बाग्लुङ–१ राष्ट्रिय जनमोर्चाको भागमा परेको छ ।
संसदीय राजनीतिको अभ्यास गर्ने तेस्रो प्रयासमा समेत पार्टीले आफ्नो मूल्यांकन नगरेको भन्दै उनले राजनीमा गरेका छन् ।