होमपेज / राजनीति
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट मनोनयन दर्ता गराएका छन् ।
लिङ्देनले चन्द्रगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीले बताए ।उनले ११ बजेर ३० मिनेटको साइतमा उमेदवारी दर्ता गराएको राप्रपाले जनाएको छ ।
लिङ्देनको उम्मेदवारीको प्रस्तावकमा राप्रपाकै विद्यार्थी नेता माधव पोखरेल र समर्थकमा नेकपा एमालेका नेता लक्ष्मण पाठक रहेका छन् ।