ट्रेण्डिङ

होमपेज / राजनीति

४ मंसिरको चुनाव नलड्ने डा. बाबुराम भट्टराईकाे घोषणा

नेपालगाथा २०७९ आश्विन १७ गते सोमबार १४:५६:३५ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा आफूले उम्मेदवारी नदिने घोषणा गरेका छन्।

 आफ्नो ठाउँले सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउने पनि उनले अपेक्षा गरेका छन् ।

“म सबै गोरखाली दिदीबहिनी दाजुभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ । म त्यहॅा साथमा हुनेछु,” डा. भट्टराईले चुनाव लड्ने स्पष्ट पार्दै भनेका छन्, “चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसले जानेर नजानेर त्यस्तो सोच्न र भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन ।”

 केही शुरू भएका आयोजना पूरा हुन बॉकी रहेको र ती आयोजना पूरा गर्न संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गर्ने पनि उनले स्पष्ट पारेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top