ट्रेण्डिङ

होमपेज / राजनीति

रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समाहित हुँदै

नेपालगाथा २०७९ आश्विन १२ गते बुधबार ११:२१:०४ मा प्रकाशित

काठमाडौं । रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समाहित हुँदै छन् । राष्ट्रिय सभागृह काठमाडौंमा हुने एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन्। कार्यक्रम आज दिउँसो १ बजे हुँदै छ।

राप्रपामा मिश्र वरिष्ठ उपाध्यक्ष हुने सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।राप्रपाले र मिश्रले भने यसलाई ‘एकता’को कार्यक्रम भनेका छन् । राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिए ।

मिश्र यसपटक काठमाडाैं–१ बाट चुनाव लड्ने तयारीमा छन् । यसअघि २०७४ सालमा भएकाे निर्वाचनमा उनी यस क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top