होमपेज / राजनीति
काठमाडौं । राष्ट्रपति समक्ष पेश भएको १५ दिन बित्दा समेत नागरिकता विधेयक प्रमाणीकरण नगरेको भनी सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदन प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश हरि फुँयालको इजलासमा पेश भएको छ ।
रिटको सुनुवाइ सात वटा रिटपछि ‘ज’ नम्बरमा रहेको छ । सम्भवतः आज राष्ट्रपति विरुद्धको रिटमाथि सुनुवाइ हुनेछ । कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक दायित्वबाट च्यूत भएको भन्दै राष्ट्रपति भण्डारीविरुद्ध गत बिहीबार पाँचवटा रिट सर्वोच्च अदालतमा परेको थियो ।