ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेसको बन्दसूचीमा को-को छन ?

नेपालगाथा २०७९ आश्विन ९ गते आइतबार ११:०१:१५ मा प्रकाशित

 काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा संस्थापन इतर पक्षको नामावली न्यूनमात्र परेको छ । 

शेखर कोइराला समूहले आगामी चुनावमा कांग्रेसभित्र ४० प्रतिशत सिट नपाए विद्रोह गर्ने चेतावनी दिइरहेका बेला सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेताहरूलाई समानुपातिकको बन्दसूचीमा राखेको पाइएको छ ।

 पार्टी संस्थापनले समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफ्नो समुहलाई बेवास्ता गरेको नेताहरूको भनाई छ । बन्दसूची नसच्याइए र प्रत्यक्षमा ४० प्रतिशत सुनिश्चित नगरे निर्वाचन बहिष्कार गर्ने वा देशभर आफ्ना उम्मेदवार उठाउनेसम्मको चेतावनी कोइराला समुहको छ ।

१०९ जनाको नामावलीमा संस्थापन इतर पक्षका १३ जना मात्र छन् ।

निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका छन् ।

नेपाली कांग्रेसको बन्दसूचीको पहिलो नम्बर विमलेन्द्र निधिको नाम छ । त्यसपछि क्रमशः फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशरण महत र आनन्दप्रसाद ढुंगाना छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा आठौं नम्बरमा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण नवौं नम्बरमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top