होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहले आयोजना गरेको खबरदारी सभा सुरु भएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा न्यायोचित टिकट बाँडफाँटका लागि पार्टी सभापति एबं प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब बढाउनका लागि शेखर पक्षले यो भेलाको आयोजना गर्ने निर्णय गरेको थियो ।आजलाई तोकिएको भेला नयाँबानेश्वरको थापागाउँमा रहेको बानेश्वर ब्यांक्वेटमा सुरु भएको छ ।
कार्यक्रममा शेखर कोइरालासहित उनी पक्षका पदाधिकारी आएका छैनन् । उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका समूहका शीर्ष नेता नै भेलामा उपस्थित छैनन् ।