ट्रेण्डिङ

होमपेज / राजनीति

बाबुरामजी र म मिलेर अर्को नयाँ खालको जनयुद्ध गर्छौं:प्रचण्ड

नेपालगाथा २०७९ आश्विन ८ गते शनिबार १४:५८:३४ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ‘प्रचण्ड’ले डा. बाबुराम भट्टराईसँगको सहकार्य निर्वाचनसम्मका लागि मात्र नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफूहरुको सहकार्य चुनावसम्मका लागि मात्र नभएको बताएका हुन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् ।

 ‘प्रचण्ड’ले समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता भएको बताएका छन् । काठमाडौंमा आज आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै त्यो जनयुद्धमा डा। बाबुराम भट्टराई र आफूले फेरी मिलेर लड्ने बताए ।

‘बाबुरामजी मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौं । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्‍यो,’ उनले भने,‘अहिले फेरी समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top