ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेसँग चुनावी तालमेलका लागि वार्ता गर्न लोसपाले बनायो राजेन्द्र महतोको नेतृत्वमा समिति

नेपालगाथा २०७९ आश्विन ७ गते शुक्रबार १८:२०:०६ मा प्रकाशित

काठमाडौं । मंसिर ४ मा प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा एमालेसँग तालमेलका लागि वार्ता गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समिति गठन गरेको छ ।

वार्ताका लागि वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय समिति अध्यक्ष महन्थ ठाकुरले गठन गरेका छन् ।समितिमा नेताहरू शरदसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल सदस्य रहेका छन् ।

लोसपालाई सत्ता गठबन्धनमा आउन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका थिए । तर, ४ सिटमात्र पाउने अवस्था भएपछि लोसपाले एमालेसँग सहकार्य गर्ने तयारी अघि बढाएको हो ।

 निर्वाचनमा एमालेसँगै मधेस केन्द्रित दलहरूसँग लोसपाले छलफल गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top