ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डले भने:संरक्षकबाटै जानीबुझी संविधान मिचियो, परास्त गर्न सडकमा जानुपर्छ

नेपालगाथा २०७९ आश्विन ७ गते शुक्रबार १६:२९:५६ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको संरक्षकबाटै संविधान मिचिएको बताएका छन् ।

 ‘प्रचण्ड’ ले संविधान उल्ट्याउन पटकपटक जमर्को भइरहेको भन्दै अहिले पनि परिवर्न पक्षधर र विरोधीबीचमा पेचिलो संघर्ष चलिरहेको बताएका छन् ।पार्टीनिकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले पछिल्लोपटक टीआरसी विधेयक असफल पार्ने कसरत र नागरिकता विधेयक प्रमाणीकरण नगर्नुले त्यो देखाएको दाबी गरे ।

‘अहिले संविधान खुलेआम मिच्ने, संविधानको पालक र संरक्षकबाट नै जानीबुझी, नजानेर, झुक्किएर भन्ने होइन । जानिबुझी संविधान मिच्ने जो काम भएको छ । यो सामान्य होइन,’ प्रचण्डले भने, ‘यसलाई रोक्न अरु कसैले सक्दैन । जनताले र परिवर्तनकारी शक्तिहरूको एकताले मात्रै, जनताको पहलले मात्रै यो रोकिन सक्छ ।’

संरक्षकबाट नै जानिबुझी संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै यो प्राप्त भएका उपलब्धीहरू खोस्ने षड्यन्त्रको रूपमा रहेको प्रचण्डको टिप्पणी थियो।उनले ठूलो सपना बोकेर कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर लगेपनि त्यसलाई बचाउन नसकिएको गुनासो गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top