ट्रेण्डिङ

होमपेज / राजनीति

नागरिकता सम्बन्धी विधेयकको मुद्दा शुक्रबार हेर्न नभ्याउनेमा, सुनुवाइ आइतबारका लागि सर्‍यो

नेपालगाथा २०७९ आश्विन ७ गते शुक्रबार १६:१९:५७ मा प्रकाशित

काठमाडौं । नागरिकता सम्बन्धी विधेयकको मुद्दा शुक्रबार हेर्न नभ्याउने हुँदै आइतबारका लागि सरेको छ। 

बिहीबार दर्ता भएका ५ वटा मुद्दा शुक्रबारका लागि तोकिएको थियो ।न्यायाधीश मनोज शर्माको एकल इजलासमा पेसी तोकिएकोमा शुक्रबार पालो नआएपछि आइतबारका लागि सरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

प्रतिनिधि सभाको दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले १५ दिनसम्म होल्ड गरेर अन्तत: जारी गरिनन्। राष्ट्रपतिको उक्त कदमले संविधानको धारा ११३ को उल्लंघन गरेको दाबी रिटमा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top