ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्ड, नेपाल र यादवबीच छलफल

नेपालगाथा २०७९ आश्विन ७ गते शुक्रबार १४:३६:२४ मा प्रकाशित

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ । 

गठबन्धनमा ठूलो दल नेपाली कांग्रेसले सिट बाँडफाँटमा बढी सिट लिने अडान लिएपछि दाहाल, नेपाल र यादवले मोर्चाबन्दी गरेर छलफल गरेका हुन् । सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयमा सहमति हुन नसकिरहेको अवस्थामा तीन अध्यक्षबीच छलफल भएको हो । 

‘गठबन्धनमा सिटको बाँडफाँट मिल्न सकेको छैन । त्यहीबारे तीन दलका अध्यक्षहरूबीच छुट्टै छलफल भयो,’ जसपाका एक नेताले भने, ‘गठबन्धनमा दलहरूबीचको सिट बाँडफाँटमा तीन दलले लिने अडान र सहमतिका सम्भावनाहरूबारे कुराकानी भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top