ट्रेण्डिङ

होमपेज / राजनीति

गठबन्धनले राष्ट्रपतिको मजाक उडायो:ओली

नेपालगाथा २०७९ आश्विन ६ गते बिहीबार १४:१६:२९ मा प्रकाशित

काठमाडौं ।  नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमको बचाउ गरेको छ । 

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठानेको बताएका छन् । ओलीले अनधिकत मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने काम गरिरहेको बताए । 

‘मैले संसदको एक वर्ष अगाडि नै उभिएर भनेको थिएँ संविधानको धारा १८१ तर्फ सरकारको ध्यान जाओस, संविधानको पालना सरकारले गरोस्’, उनले भने, ‘संविधान विधेयकहरू संसदमा पेस गर्नुपूर्व राष्ट्रपतिसँग सल्लाह गर्नुपर्छ, राष्ट्रपतिसँग स्वीकृति लिनुपर्छ, राष्ट्रपतिलाई ब्रिफिङ गरेको हुनुपर्छ भन्छ । यो अहंकारी गठबन्धनले संविधानको धारा १८१ एकपल्ट पनि पालना गरेन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top