ट्रेण्डिङ

होमपेज / राजनीति

चोलेन्द्रलाई राष्ट्रपति कार्यालयले दिएन प्रधानन्यायाधीशको हैसियत

नेपालगाथा २०७९ आश्विन ३ गते सोमबार १२:४९:४७ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति कार्यालयले पनि निलम्बित चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीशको हैसियत दिएन । 

आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा ‘निलम्बित’ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सहभागिता रहेन।उनले प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफ्नो निलम्बन स्वतः फुकुवा भएको निष्कर्ष निकाले पनि राष्ट्रपति कार्यालयले भने उनलाई ‘प्रधानन्यायाधीश’ को हैसियत नदिएको हो ।

उनी अहिले पनि बालुवाटारस्थित सरकारी निवासमै छन् । संविधान दिवसको कार्यक्रममा कामु प्रधानन्यायाधीश दीपक कार्कीलाई निम्तो गरिएको थिये।‘राणा हाल निलम्बनकै अवस्थामा रहनुभएकाले उहाँलाई खबर गरिएको छैन,’राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

Top