ट्रेण्डिङ

होमपेज / राजनीति

२०७४ को बन्दसूची भोलिदेखि निष्क्रिय हुने

नेपालगाथा २०७९ भाद्र ३१ गते शुक्रबार १३:०४:०९ मा प्रकाशित

काठमाडौं । २०७४ सालको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका बेला समानुपातिक निर्वाचन प्रणालीका लागि पेस भएको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहेको भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विज्ञप्ति जारी गर्दै शनिबार राति १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ । 

पुरानो बन्दसूची खारेज भएसँगै गत चुनावको बन्दसूचीमा रहेका करिब १८ हजार उम्मेदवार फेरि उम्मेदवार बन्ने बाटो खुलेको छ ।  आयोगले उक्त निर्णयको जानकारी प्रतिनिधिसभा, प्रदेशसभा, संघीय संसद राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दलहरूलाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरेको जनाएको छ ।

आसन्न मंसिर ४ को चुनावका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची असोज २-३ मा पेस गर्ने निर्वाचन कार्यतालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top