ट्रेण्डिङ

होमपेज / राजनीति

मैले अध्यक्ष बनाएर छेउमा राखेँ, प्रचण्ड त ग्वाम्मै छुरा धस्न आइहाले:ओली

नेपालगाथा २०७९ भाद्र ३० गते बिहीबार १५:०८:४७ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अँगालो हाल्दा छुरा रोपेको आरोप लगाएका छन् । 

प्रचण्डको गृहजिल्ला चितवनका सहइन्चार्ज तथा माओवादी केन्द्रीय सदस्य यमबहादुर परियारलगायतलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले पार्टी एकताका लागि आफूले दिएको संख्यालाई प्रचण्डले बहुमत जुटाएर आफैंलाई हटाउन खोजेको बताए ।

“मैले प्रचण्डलाई आउनुस मित्र एकीकृत पार्टी बनाऔंँ, बलियो वामपन्थी पार्टी बनाऔँ, एकताबद्ध भएर अघि बढाऔँ भनेर प्रचण्डलाई अध्यक्ष बनाएर मेरो छेउमा ल्याएर राखेको थिएँ मानसम्मानका साथ मेरो छेउमा,” उनले भने, “मैले अँगालो हालेको थिएँ प्रचण्डलाई, हात मिलाएको मात्रै होइन । तर, प्रचण्डले हात लुकाइलुकाइ हिँड्थे । म सचेत त थिएँ । नभन्दै मैले अँगालो हालेँ, प्रचण्डले ग्वाम्म छुरी रोपे ।”

आफूले दिएको वरदान प्रयोग गरेर प्रचण्डले आफैंलाई भष्म पार्न खोजेको ओलीको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top