ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी केन्द्रका चितवन सहइन्चार्ज परियार एमालेमा प्रवेश

नेपालगाथा २०७९ भाद्र ३० गते बिहीबार १४:२८:१७ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका चितवनका सहइन्चार्ज यमबहादुर परियार एमालेमा प्रवेश गरेका छन् । एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षद्वय रामबहादुर थापा र सुरेन्द्र पाण्डेलगायतका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् ।

परियारसँगै माओवादी केन्द्र चितवनका नेताहरू  अन्जन कुमार तिमिल्सेना, गिरिधारी सुवेदी, तुलबहादुर विक, नारायण प्रसाद अधिकारी, गोविन्द प्रसाद अधिकारीलगायत एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्दै परियारले आफू चौथो महाधिवेशनदेखि विभिन्न कालखण्डमा माओवादी जनयुद्धमा होमिएको भन्दै कुनै न कुनै रुपमा सधैं महत्वपूर्ण भूमिकामा रहेर काम गरेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top