ट्रेण्डिङ

होमपेज / राजनीति

चोलेन्द्रले नाम लिएकाहरुलाई समितिले बयान लिने

नेपालगाथा २०७९ भाद्र २८ गते मंगलबार १३:५९:११ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई बोलाउने भएको छ ।

जबरासँगको बयान सकिएपछि उनले विभिन्न प्रश्नको जवाफ दिने क्रममा मुछेका पूर्वन्यायाधीश र बारका पदाधिकारी तथा सदस्यहरुसँग पनि बयान लिन लागेको हो । समितिका सदस्य  कांग्रेस सांसद मीन विश्वकर्माका अनुसार कस-कसलाई बेलाउने भन्ने नाम तय भइसकेको छैन ।

“राणाले महाअभियोगको बयानका क्रममा मुछेका वा पन्छाएका व्यक्तिहरुको पनि  बोलाएर वास्तविकता के हो भनेर सोधिने छ,” विश्वकर्माले भने, “तर, समय निकै कम भएको हुँदा राणाको जस्तो ५–६ पटक बोलाएर सुनुवाइ गरिने छैन । एकै दिन बोलाएर उहाँहरुले दिन चाहेको सूचनाहरु दिनको लागि बोलाइने छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

Top