होमपेज / राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीको कार्यक्रममा अवरोध पुर्याउने तयारीमा रहेका केही युवालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार जनकपुरधामको तिरहुतिया गाछिस्थित आमसभालाई सम्बोधन गर्न जाने बेलामा कालो झण्डा देखाउने तयारी गरेका युवालाई नियन्त्रणमा लिइएको धनुषामा प्रहरी नायब उरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
जनकपुर मुरली चोक क्षेत्रबाट ११ जनालाई पक्राउ गरिएको हो ।