होमपेज / राजनीति
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले सिट बाँडफाँटको विषय भोलि टुंगो लगाउने बताएका छन् ।आजको बैठक पनि सीट बाँडफाँटविनै टुंगिएको हाे।
आइतबार विहान प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा कार्यदलले गरेको कामबारे व्रिफिङ भएको थियो । कयौं कुरा मिलेका छन्, कयौं मिलाउन बाँकी भन्ने रिपोर्टिङ भएको छ,’ एकीकृत समाजवादीका नेता झलनाथ खनालले भने, ‘भोलि सबै टुंगो लगाउने निर्णय गरेका छौं ।’
बिहान ८ बजे बस्ने बैठकले सीट बाँडफाँट टुंगो लगाउने आजको बैठकले निर्णय गरेको नेता खनालले जानकारी दिए ।