होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार एउटा कार्यक्रममा युवा लगानीकर्ताहरूसँग आफ्नो निजी जीवनका अनुभव बाँडेका छन् ।
प्रचण्डले कास्कीमा खान नपाएर चितवन झरेकाे गरिब परिवारमा जन्मेर पनि आफूले दुई पटक नेपालकाे प्रधानमन्त्री बन्ने शाैभाग्य पाएकाे बताएका छन्।
‘म तपाईहरुले हेर्नुभयो भने साँच्चै नै, पहाडमा खान नपुगेर चितवन बसाइसराइ गरेर आएको परिवारको एउटा बच्चा । दुईचोटी त प्रधानमन्त्री भइसकेँ गणतन्त्र नेपालको’, प्रचण्डले भने, ‘कसरी यो सम्भव भयो ? यसो हेर्यो भने आफैलाई सपना हो कि विपना जस्तो लाग्छ । तर हुँदो रहेछ ।’
‘प्रचण्ड’ ले युवाहरुको अठोटबाट मात्रै नेपाललाई आत्मनिर्भर बनाउन सकिने बताएका छन् । आइतबार काठमाडौमा युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले हजारौ युवाहरुले अठोट गर्ने हो भने नेपाललाई आत्मनिर्भरसहितको सम्मृद्ध मुलुक बनाउन सकिने बताएका हुन् ।