ट्रेण्डिङ

होमपेज / राजनीति

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मानसिक स्वास्थ्य परीक्षण गराउन माग

नेपालगाथा २०७९ भाद्र २१ गते मंगलबार १५:०३:४७ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मानसिक स्वास्थ्य परीक्षण गराउन माग गरेका छन् । 

महाभियोग सिफारिस समितिले राणाको बयान लिइरहेको छ। यसअघि तीन दिनसम्म लिइएको बयान अब २५ गते लिँइदैछ। मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै महतले राणाले बयानका क्रममा शपथ खाँदाको अवस्थालाई बेवास्ता गरेको आरोप लगाए।

अत्यन्त पूर्वाग्रही ढंगले स्मरण शक्ति गुमाएको जस्तो गरेर कसैको चरित्र हत्या गर्ने र कसैको जयजयकार गर्ने हर्कत जबराले देखाएको भन्दै उनले मानसिक स्वास्थ्य परीक्षणको माग गरेका हुन् । 

‘न्यायलयका बोझ सावित भइसकेका व्यक्ति चोलेन्द्रले महाभियोगमाथि बयान दिँदै गर्दा पद र गोपनियताको शपथ खाँदाको अवस्थालाई बेवास्ता गर्दै पूर्वाग्रही ढंगबाट भनौँ वा आवेगमा आएर भनौँ वा स्मरण शक्ति गुमाएर, मर्यादाविपरीत गैरजिम्मेवार ढंगबाट विषय र प्रसंगभन्दा बाहिर गएर चरित्र हत्या गर्ने, गाली गलौज गर्ने, कसैको जयजयकार गर्ने गर्ने गरेको’ महतको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top