होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा सीट बाँडफाँट टुंगिने चरणमा पुगेको बताएका छन् ।
आज धनगढी विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले नेपाली कांग्रेसलाई ८० सिट दिएर माओवादीले ६० सिट वरपर पाउने गरी सहमति हुनै लागेको बताए ।
‘सीट संख्या सबै एकैचोटि टुंग्याउने गरी सबै पार्टीका प्रतिनिधि लागिराख्नुभएको छ । आज बेलुकासम्मको समय दिइएको छ । भोलि हामी शीर्ष तहमा बसेर त्यसलाई अन्तिम रूप दिने कुरा छ’, प्रचण्डले भने ।
‘हामीले भनेको त ६० हो, ६० बाट केही तलमाथि होला, तर त्यसकै वरिपरि हुन्छ भन्ने विश्वास छ’, उनले भने ।