ट्रेण्डिङ

होमपेज / राजनीति

महाभियोग सिफारिस समितिको बैठक सकियो,समितिले आज राणासँग सोध्यो पाँच प्रश्न

नेपालगाथा २०७९ भाद्र १९ गते आइतबार १३:१२:१६ मा प्रकाशित

काठमाडौं ।  प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको आज आइतबारको बैठक सकिएको छ।

सिंहदरबारमा राणासँग एक घन्टा लिइएको बयानमा समिति सदस्यहरूले पाँच वटा प्रश्न सोधेका थिए।आज बयानका क्रममा जबराले पूर्वडिआइजी रन्जन कोइरालाको मुद्दामा न्यायाधीशले विवेक प्रयोग गरेर फैसला गरेको जवाफ दिएका छन्।

समिति सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले उक्त प्रश्नमा राणाले आफूले विवेक प्रयोग गरेको जवाफ दिएको जानकारी दिए।कसुरदारका नाबालक छोराहरु इजलासमा उपस्थित भएकाले उनीहरुको पालनपोषणका लागि सजाए कम गरिएको स्पष्टीकरण दिए।

समितिले तयार गरेको ४३ मध्ये ११ प्रश्नमा जबराको बयान सकिएको छ। समितिको अर्को बैठक भदौ २५ गते १२:३० बजे बस्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top