ट्रेण्डिङ

होमपेज / राजनीति

देउवा र प्रचण्डबीच भेटवार्ता,गठबन्धनको शीर्ष नेताहरुको बैठक बस्दै

नेपालगाथा २०७९ भाद्र १९ गते आइतबार १२:२७:२९ मा प्रकाशित

 काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

प्रचण्ड देउवालाई भेट्न आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । भेटमा आगामी निर्वाचनको सिट बाँडफाँटमा केन्द्रित कुरा भएको जनाइएको छ।गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्ने भएको छ। दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो। 

कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष तहमै छलफल भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top