ट्रेण्डिङ

होमपेज / राजनीति

निवार्चन आएपछि हारिएला भन्ने डर हुन्छ:गगन थापा

नेपालगाथा २०७९ भाद्र १८ गते शनिबार १४:०६:२४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताएका छन् ।

बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा चुनावी अनुभव सुनाउँदै चुनावमा जित/हार दुवै हुने भए पनि आफूलाई हारिएलाकी भन्ने डरले बढी सताउने गरेको बताए ।

‘एउटा चुनाव जित्यो । त्यसपछि खुशी भयो । त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने । मलाई यस्तो हुन्छ’ थापाले सुनाए, ‘…जिन्दगी नै यसरी जाने हो । तर बालबालिकाहरुलाई जित र हार हुन्छ । सफल र असफल होइन्छ भनेर सिकाउनु पर्दछ । आफ्नो कर्म गर्ने हो । तर सधैं भनेजस्तो फल नआउन पनि सक्छ । तर कर्म भने गर्दै जानुपर्छ ।’

पूर्वमन्त्रीसमेत रहेका महामन्त्री थापाले सफलता र असफलता दुवै जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीको पठनपाठनलाई अघि बढाउन विद्यालयलाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top